दफा ६३
अधिकार प्रत्यायोजन
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम बोर्डलाई प्राप्त अधिकारमध्ये केही अधिकार बोर्डले आवश्यकता अनुसार मन्त्रालयको सचिव, विभागको महानिर्देशक वा नेपाल सरकारको राजपत्राङ्कित अधिकृत कर्मचारी वा प्रदेश सरकार वा स्थानीय तहलाई प्रत्यायोजन गर्न सक्नेछ।

(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम विभागलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार नेपाल सरकारको राजपत्राङ्कित कर्मचारीलाई प्रत्यायोजन गर्न सकिनेछ।